३१ आश्विन २०८३, शनिबार

एमाले महाधिवेशनः प्रतिनिधि मनोनयन नगरी बन्दसत्र सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml
काठमाडौं, २० असार । महाधिवेशन प्रतिनिधि मनोनयन नगरी एमालेको नवौं महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

पार्टी मुख्यालय बल्खुमा बसेको स्थायी समिति बैठकमा विवाद चर्किएपछि समितिले प्रतिनिधि चयन नगरी बन्दसत्र सुरु गरिएको हो ।

बैठकमा अध्यक्ष झलनाथ खनाल र अध्यक्षका दुई प्रत्यासी माधव नेपाल र केपी ओली पक्षले आ–आफ्नो पक्षमा प्रतिनिधि बढाउन दवाव दिएपछि विवाद भएको थियो । विधान अनुसार ५ प्रतिशत अर्थात १११ प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ ।

ेमहाधिवेशनको चुनाव गर्न पार्टी निर्वाचन आयोगलाई जिम्मा दिने स्थायी समितिले निर्णय गरेको छ । सोमनाथ प्यासीको अध्यक्षतामा निर्वाचन आयोगमा १३ सदस्य रहेका छन् ।

बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रस्ताव र महासचिव इश्वर पोखरेलले संगठनात्मक र विधान संसोधन प्रस्ताव प्रतिवेदनमाथि छलफल हुनेछ ।