काठमाडौं, १३ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्था, मधेसी र थारुको आन्दोलनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीकोहरुको बैठक बसिरहेको छ ।
अहिले केही समयपछि सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा जारी बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल हुनेछ ।
बैठकमा मधेसी र थारुका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।
यसअघि आजै नेपालका लागि भारतीय राजदूत रञ्जीत रायले कांग्रेस सभापति कोइरालासँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बिच कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको हो ।












प्रतिक्रिया