काठमाडौं, १३ मंसिर । साउथ अमेरिकाकाको सर्बोच्च शिखरमा रहेको ४३०० मिटरमा अबस्थित संसारकै अग्लो ठाउमा गिनिज वर्ल्ड रेकड राख्न सफल आर्ट ग्यालरी नेपालको कालापथर (५४००मिटर) मा स्थापना गर्न आज पर्यटनमन्त्रीसामू आरोहीहरुले माग गरेका छन् ।
बिश्व पर्वतारोही संजय पण्डितको नेतृत्वमा गएको टोलीमा सगरमाथा आरोही चिरिङ शेर्पा, सास्कृतिक संग्राहलयका सदस्य बसन्त कुमार कार्की लगायतको सहभागिता रहेको थियो । टोलीले हरेक वर्ष सगरमाथा आरोहण दल तथा ८ हजार मिटरका हिमालमा जम्मा ५ प्रतिशत सगरमाथा आरोही सम्पर्क अधिकृत रुपमा पठाइने गरेकोमा अबदेखि यसलाई ५० प्रतिशतमा पुर्याउन पर्यटनमन्त्री आनन्दकुमार पोखरेलसँग माग गरे ।
त्यसैगरी सगरमाथा आरोहणमा ज्यान गुमाएका परिवारहरुलाई सरकारले उचित ढंगले नहेरेकोप्रति पनि सचेत गराएका छन् । यसैगरेर लुक्लादेखि कालापथरको बीचमा केबुलकार निर्माण गर्नसके हरेक बर्ष नेपालमा ५० लाख अन्तरिक तथा बा्ह्य पर्यटक भित्रन सक्ने कुराको पनि जानकारी दिए । यसको लागि सरकारले आगामी बजेटमा राष्ट्रिय गौरबका आयोजनामा राख्न आरोहीहरुले सल्लाह दिएका छन् ।
पर्यटनमन्त्री पोखरेल, पर्यटन सचिब दिनेश थपलिया, पर्यटन विभागका डीजी गोबिन्द कार्की लगायतलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।















प्रतिक्रिया