१२ कार्तिक २०८३, बिहिबार

जेसीआई सिद्धार्थ वर्ष २०१६ को अध्यक्षमा भट्टराई निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jclभैरहवा, मंसिर १३ । जेसीआइ सिद्धार्थ नेपालको वर्ष २०१६ को अध्यक्षमा लेखनाथ भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् ।

जसको कार्यकारी उपाध्यक्षद्वयमा मनोज भण्डारी र कमल भण्डारी निर्वाचित भएका छन् । यसैगरी चार पद उपाध्यक्ष रहने उपाध्यक्षमा नरेश के.सी., प्रदीप पौडेल, अजय कसौधन र दीपक सापकोटा निर्वाचित भएका छन् । यसैगरी चार पद निर्देशकमा विकाशनारायण श्रेष्ठ, केशब भण्डारी, गौरब कोइराला र कुशल कुमार उपाध्यय चयन भएको निर्वाचन आयुक्त जेसीआई सिनेटर निधानचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

वर्ष २०१६ को अध्यक्ष पदकोलागी सुमन शर्मा र भट्टराइबीच कडा प्रतिसपर्धा हुने देखिएको थियो । एक पद अध्यक्षकोलागी दुबै जनाले उम्मेदवारी दर्ता गराएता पनि शनिवार राती अबेर सम्म जेसीआई सिद्धार्थका भुपु अध्यक्षहरुको अथक प्रयासपछि भट्टराई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

वर्ष २०१६को नेतृत्व चयन गर्नु अघि जेसीआई सिद्धार्थको ४० औ साधरण सभा तथा अधिवेसन वर्ष २०१५ का अध्यक्ष संगम न्यौपानेको अध्यक्षता एवं गोपाल ज्ञवालीको सन्चालनमा सम्पन्न भएको थियो । अधिवेसन तथा साधरणसभाको उद्घाटन सत्र लुम्बिनी अन्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष सुदर्शन प्रसाद नेपाल, पुर्व अध्यक्ष तथा निर्वाचन आयुक्त निधानचन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष तथा मानार्थ सदस्य दिपक क्षेत्री न्यौपाने, निवर्तमान अध्यक्ष जेसीआई सिनेटर साजनजंग राणा, जेसीआई सिद्धार्थ लेडीको अध्यक्ष देवी न्यौपाने, सिद्धार्थ यातयात वस व्यवसायी समिती अध्यक्ष सूर्य कुमार सारु मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

शनिवार दिउंसो चलेको बन्दसत्रमा वर्ष २०१५ का महासचिव विनय कसौधन, कोषाध्यक्ष राकेश गुरुंग, कार्यकारी उपाध्यक्षद्वय मंगल भण्डारी र भुवन राणाले पेश गरेको आ आफ्नो प्रतिवेदन सभाले संशोधनसहित पास गरेको थियो ।