अछाम, २० असार । कमजोर आर्थिक अवस्थाका कारण समयमै उपचार नपाएर अछाम हिच्मा–५ का पिते बुढाकी २३ वर्षीया पत्नी रङ्गा बुढाको मृत्यु भएको छ ।
रङ्गाको पाँच दिनदेखि स्थानीय बयलपाटा अस्पतालमा उपचार हुँदैआएको बुढाको आज विहान मृत्यु भएको हो ।
बयलपाटा अस्पतालका डा. श्रीराम तिवारीले रङ्गाको मृत्यु म्यानेन्जाइटिस र इन्सेफ्लाइटिस रोगले दिमागमा सङ्क्रमण गरेका कारण भएको बताए ।
उनलाई बेहोस अवस्थामा अस्पताल पुराएकाले उपचारमा कठिनाइ भएको उनको भनाइ छ ।
सिटिस्क्यान गर्न अस्पतालले उनलाई बाहिर पठाए पनि पैसा नहुँदा त्यस गर्न नसकिएको पति पितेले जानकारी दिए ।
















प्रतिक्रिया