२२ कार्तिक २०८३, आइतबार

मधेसमा चार जनाको शव यात्रा, यसरी ओर्लियो जनसागर (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madesh-sab-yatra (1)

– सन्तोष कुुमार
सिरहा, १२ मंसिर । मधेसमा जारी आन्दोलनका क्रममा सप्तरीमा ज्यान गुुमाएका चार जनाको निकालिएको शव यात्रामा जनसागर नै ओर्लियो । राजविराजमा नेताहरुले चारै जनाको पार्थिव शरीरमाथि मधेसी मोर्चाको शिर्षस्थ नेताहरुले श्रद्धाञ्जली दिएपछि निकालिएको शव यात्रा सिरहाको लहान नगरको समेत परिक्रमा गरियो ।

लहान नपा ३ स्थित हस्पिटल चौकममा चारै जनाको पार्थिव शरिरमा मोर्चाका सिरहा संयोजक कृष्णबहादुुर यादब, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजलाल यादब, सद्भावना पार्टीका सहमहासचिव राजकुुमार गुुप्ता, तमलोपाका यूूवा नेता राकेश झालगायतका नेताहरुले श्रद्धाञ्जली अर्पण गरे । त्यसपछि लहानको विभिन्न भागमा परिक्रममा गरी सहिद चौक पुुगेको थियो शव यात्रा । सहिद चौकमा हजारौं मधेसीले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

लाखौंको सहभागितामा निकालिएको शव यात्रा लहानबाट पुुनः कंचनरुप नगरपालिका, भारदह, हनुमाननगर हुँदै राजविराज पुुगेश यात्रा टुँगिनेछ । शव यात्रा पश्चात मृतकहरुको आजै अन्तिम संस्कार गरिने मधेशी मोर्चा सप्तरीका संयोजक सुनिल झाले जानकारी दिए ।
मंसिर ५ मा प्रहरीले चलाएको गोली लागेर रुपनीमा जमुनी मधेपुरा गाविसका नागेश्वर यादव, भारदहमा डाढा गाविस ५ का बिरेन राम, ६ मंसिरको साँझ राजविराजमा चलाएको गोली लागेर राजविराज १ का दिलिप साह र आन्दोलनका क्रममा भागदौडमा परी करेन्ट लागेर जमुनी मधेपुरा गाविसकै शिबशंकर दासको मृत्यु भएको थियो ।

Madesh-sab-yatra (1) Madesh-sab-yatra (2) Madesh-sab-yatra (3) Madesh-sab-yatra (4) Madesh-sab-yatra (5) Madesh-sab-yatra (6) Madesh-sab-yatra (7)