१२ कार्तिक २०८३, बिहिबार

भारतमा दुर्घटनामा परेकाहरु अर्थाभावले समस्यामा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Note-paisaजाजरकोट, १२ मङ्सिर । भारतमा मजदुरी गरेर घर फर्कने क्रममा भारतको लखिमपुरमा बस दुर्घटनामा परी घाइते भएका जाजरकोट ढिमे–१ दमदालाका पीडितको उपचारमा समस्या भएको छ ।

सम्बन्धित निकायले बेवास्ता गरेपछि उपचारमा समस्या परेको हो । दुर्घटनामा पृथ्वीबहादुर खड्का, अजय विक, विष्णु थापा र लालबहादुर थापा गम्भीर घाइते भएका थिए भने अरु सामान्य घाइते भएका थिए । घाइतेको भारतीय सरकार र गाडी मालिकले उपचारको व्यवस्था नगरिदिएपछि नेपालगन्ज ल्याइएको छ । घाइते पृथ्वीबहादुरको मेरुदण्ड नै भाँचिएकाले उनलाई थप उपचारका लागि काठमाडांँै वा लखनौ लैजान चिकित्सकले सल्लाह दिएकामा अर्थ अभावले समस्या परेको स्थानीयवासी उदय थापाले बताउनुभयो ।

उनन्तीस जनाको समूहमा रहेका एकै गाउँका युवा गाडी लिई फर्कंने क्रममा गत कात्तिक २५ गते दुर्घटनामा परेका थिए । दुर्घटनामा परी गाडी चालकसहित ढिमे– १ दमदालाका दीर्घराज शाही र सरस्वती विकको ज्यान गएको थियो भने उपचारका क्रममा नेपालगन्जमा ईश्वरी थापाको ज्यान गएको थियो ।

तिहार मान्न घर आउन थालेकामध्ये तीन जनाको मृत्यु भएको र अरु घाइते भएकाले उक्त गाउँ शोकमा डुबेको छ । दुर्घटनामा परेका परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको बताइएको छ । रासस