– नरेश केसी
भैरहवा, १२ मंसिर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकमा जारी समस्याको समाधानको एक मात्र उपाय भनेकै वार्ता र सम्बाद भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा राखेको पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहेका पौडेलले भने- देश भित्रको समस्या वार्ता र संवादबाट नै समाधान गर्नुपर्दछ ।
मधेस आन्दोलनका माग सम्बोधन गर्नेगरी सरकारले दुई वटा विकल्प ल्याएको भन्दै मन्त्री पौडेलले अहिलेको सीमांकनमा आवश्यकता अनुसार संशोधन समेत गर्न सकिने र प्रदेशको सीमांकनको विषयमा आयोग मार्फत तथा संसदीय आयोग बनाएर पुर्नविचार गर्न सकिने समेत जनाए ।
अहिलेको सरकारका प्रभावशाली मन्त्री समेत रहेका पौडेलले भारतीय नाकाबन्दीको कारण आपूर्ति व्यवस्थापनमा आएको असहजतालाई पनि छिट्टै समाधान गरिने जनाए । गृहजिल्ला रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुन आएका मन्त्री पौडेलले नेपाली जनताले संविधान बनाएर के गल्ती गरेका छन् र छिमेकीले यस्तो असहयोग गरिरहेको छ भनी अप्रत्यक्ष रुपमा भारतप्रति प्रश्न तेर्साउर्दै भने– हामीले सम्पुर्ण नेपाली जनतालाई अधिकार सम्पन्न हुनेगरी संविधान निर्माण गरेर के गल्ती गरयौ ? जसको कारण एउटा छिमेकीले नाकाबन्दी जस्तो उपहार दिईरहेको छ ?
मधेस आन्दोलनका माग सम्बोधन गर्नेगरी सरकारले दुई वटा विकल्प ल्याएको भन्दै मन्त्री पौडेलले अहिलेको सीमांकनमा आवश्यकता अनुसार संशोधन समेत गर्न सकिने र प्रदेशको सीमांकनको विषयमा आयोग मार्फत तथा संसदीय आयोग बनाएर पुर्नविचार गर्न सकिने समेत जनाए ।
मन्त्री पौडेलले नाकाबन्दीको कारण मुलुकमा अत्याधिक प्रभाव परेको जनाउदै त्यसलाई कुटनीतिक तवरले समाधान गर्नै पनि जनाए ।
यसैबीच मन्त्री पौडेलले जिल्ला प्रशासन कार्यलय भैरहवामा उपस्थित भएका कर्मचारीलाई जनताप्रति बफादार भएर काम गर्न निर्देशन दिएका छन् ।













प्रतिक्रिया