काठमाडौं, १२ मंसिर । नेपालमा इन्धनको हाहाकार भइरहेका बेला एक युवकले पानीबाट चल्ने मोटरसाइकल बनाएका छन् ।
१० कक्षामा पढ्दै आएका छात्रले एक लिटर समुद्री पानीबाट २५० किलोमिटरसम्म चल्ने मोटरसाइकल बनाएको समाचार एजेन्सीले जनाएका छन् । अक्सीजन हाइड्रोजन सेलको किट बनाएर ती छात्रले यस्तो प्रविधिको विकास गरेका हुन् । यो किट पानीलाई अक्सीजन हाइड्रोजन ग्यासमा परिणत गर्छ । जसले इन्जनलाई पेट्रोल वा डिजलभन्दा अत्यधिक सुरक्षित माइलेज दिन्छ ।
भारतीय पत्रिका अमर उजालाका अनुसार नित्याशीष भण्डारी नामका छात्र भारतको गभर्नमेन्ट मण्डल सीनियर सेकेण्डरी स्कूलमा कक्षा १०मा पढ्छन् । उनले यस्तो अनौठो बाइकलाई ४२औं स्टेट लेबल साइन्स मैथमेटिक्स एण्ड इन्भावायरमेण्ट एग्जीबिशन–२०१५मा प्रदर्शन गरेका छन् ।
नित्याशीषले भनेका छन्– पेट्रोल–डीजल प्रयोग गर्दा उत्पन्न हुने कार्बन ग्यास जलवायु परिवर्तनको मुख्य कारण हो । त्यसकारण मैले पर्यावरणलाई बचाउन यस्तो बाइक बनाएको हुँ । कार पनि बनाउने योजना छ ।

पेट्रोल बाइकलाई पनि उनले पानीबाट चल्ने बनाएका छन् । नित्याशीषका अनुसार अक्सीजन हाइड्रोजन सेलको तीन प्लेट्सलाई काटेर इञ्जनमा फिट गरेपछि यी प्लेटहरुले पानीलाई अक्सीजन हाइड्रोजन ग्यासमा रुपान्तरण गर्छ । त्यसपछि एकपटक बाइकलाई पेट्रोलबाट स्टार्ट गरी त्यसपछि उक्त ग्यासले काम गर्छ । यो ग्यास कहि पनि स्टोर हुँदैन् । जति चलायो त्यती नै पानीबाट उत्पन्न हुन्छ । यसमा विस्फोटको कुनै खतरा हुँदैन् । (एजेन्सीको सहयोगमा)















प्रतिक्रिया