२२ कार्तिक २०८३, आइतबार

प्रहरीकै अगाडि मालबाहक ट्रकमा आगो लगाउने यी दुई व्यक्ति को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siraha ma Truck Ma aago– सन्तोष कुमार

सिरहा, १२ मंसिर । विगत तीन महिनादेखि आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज एकाबिहानै सिरहाको लहानमा एउटा मालबाहक ट्रकमा आगजनी गरेको छ ।

लहान नपा १ स्थित गोदाममा केराऊ (मटर) लिएर आएका ना. ३ ख. २२२९ नम्बरको ट्रकमा मोर्चाका कार्यकर्ताले आगजनी गरेका हुन् ।

आगजनीबाट ट्रक जलेर पूूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । ट्रकबाट मटर अनलोड गरिसकेपछि आगजनी गरिएको कारण धेरै क्षति हुुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीको बाक्लो गस्ती हुँदासमेत ट्रकमा कसरी आगजनी भयो भन्ने कुरा आश्चर्यजनक भएको स्थानीय बताउँछन् ।

यता ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राम केसीले मोटरसाइकल चढेर आएका दुुई व्यक्तिले ट्रकमा आगजनी गरेर फरार भएको स्वीकारे । तर ति दुई व्यक्ति को थिए भन्ने खुल्न नसकेको उनले बताए ।

दुई दिन अगाडि मात्रै लहान नपा १ स्थित बस व्यावसायी संघ सिरहाका अध्यक्ष हरिनारायण यादबको घर अगाडि पार्किङ्ग गरि राखिएको उनको आफ्नै एउटा बस र एउटा कारमा अज्ञात समूहले आगजनी गरेको थियो ।

आगजनीको जिम्मा मधेसी मोर्चाले लिएन्, बरु आन्दोलनलाई बदनाम गराउन प्रहरी प्रशासनकै व्यक्तिले आगजनी गरेको आरोप कतिपय मधेसी मोर्चाका नेताले आरोप लगाए । जसले गर्दा यो घटना पनि रहस्यमय बनेको छ । प्रहरी अझै आगजनी गर्ने व्यक्तिको पहिचान गर्न सकेका छैन् ।

केही दिनयता मोर्चाले राजमार्ग केन्द्रित आन्दोलन थालेपछि पूर्वपश्मि महेन्द्र राजमार्ग युद्ध क्षेत्रमा परिणत भएको छ । हिजो मात्रै सप्तरीमा मोर्चाको कार्यकर्ताले बसमा ढुङ्ग हान्दा पल्टेर दुई जनाको ज्यान गएको थियो ।