१२ कार्तिक २०८३, बिहिबार

बिहानै मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर खाद्यवस्तु बोकेको ट्रकमा आगजनी गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

लहान, १२ मंसिर । खाद्यवस्तु बोकेर आएको ट्रकलाई आज बिहान २ः१५ बजे अज्ञात समूहले लहान नगरपालिका–८ मा पेट्रोल छर्केर आगजनी गरेका छन् ।

आगो फैलेर ना३ख २३२९ नम्बरको ट्रकको अघिल्लो भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राम केसीले बताउनुभयो ।

लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, नेपाल प्रहरी, नेपाली सेनाको प्रयासमा आगो निभाएर खाद्यवस्तु निकालिएको छ ।

आगजनी गरिएको ठाउँनजिकै बिजुलीको तार रहेकाले विद्युत् प्रशारण र इन्टरनेट सेवा अवरुद्ध भएको छ । रासस