काठमाडौं, १२ मंसिर । सरकारी छानबिन समितिको गलत प्रतिवेदनका भरमा मुद्दा चलाउँदा एक जना व्यक्ति अनाहकमा ५ वर्ष जेल बस्नुपरेको छ ।
गलत प्रतिवेदनलाई आधार मानेर सरकारले यी व्यक्तिविरुद्द ठगी, राजस्व चुहावट, बिनाइजाजत वित्तिय कारोबार गरेकोलगायत अभियोगमा एक दर्जन मुददा चलाएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
तेह्रथुम मोराहाङका विश्वनाथ गौतम यसरी बित्थैमा थुनिएका हुन् । उनी २०६८ असार २१ गतेदेखि नख्खु कारागारमा छन् ।
सरकारको छानबिन समितिले उनलाई युनिटी लाइफ इन्टरनेशनलको संस्थापक संचालक सदस्य भनेर दोषी करार गर्दै कारबाहीको सिफारिस गरेको थियो । उनी युनिटीका सदस्य नै होइनन् ।















प्रतिक्रिया