२२ कार्तिक २०८३, आइतबार

इन्धन कालोबजारीविरुद्ध प्रहरीको एक महिने कारवाहीः देशभरी १२४ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, ११ मंसिर । नेपाल प्रहरीले इन्धन अभावको समयमा बढी मूल्य लिई कालोबजारी गर्नेविरुद्ध कारबाही गर्नेक्रममा गत एक महिनाको अवधिमा १२४ जनालाई इन्धनसहित पक्राउ गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले तथ्यांक सार्वजनिक गर्दै कालोबजारीविरुद्ध गत कात्तिक ९ गतेदेखि मंसिर ११ गतेसम्म देशभरका एकसय ९ ठाउँमा गरेको कारवाहीमा उपत्यकाबाट ८६ र उपत्यका बाहिरबाट ३८ गरी एकसय २४ जना पक्राउ गरेको जनाएको छ ।

कारवाहीको क्रममा प्रहरीले उपत्यकाबाट ११ हजार ४ सय १३ लिटरसहित देशभरबाट जम्मा ३३ हजार ४ सय ९२ लिटर पेट्रोल, उपत्यकाबाट २४ हजार २ सय ९० लिटरसहित देशभरबाट जम्मा २७ हजार ८ सय ९३ लिटर डिजेल, उपत्यकाबाट एकहजार ३ सय ७५ लिटरसहित देशभरबाट जम्मा १ हजार ४ सय १५ लिटर मट्टितेल र उपत्यकाबाट ५८ थानसहित देशभर जम्मा ७९ थान सिलिण्डर ग्याससमेत बरामद गरेको छ ।

यसैबीच मंसिर ६ गते भक्तपुर नगरपालिका–७ आदर्श चोकस्थित भक्तपुर फ्युल सेन्टरको मिटरमा अनियमितता गरी ठगी गरेको अभियोगमा संचालक पुन्यराम बखाड्यालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । साथै मंसिर ८ गते भक्तपुर ठिमी नगरपालिका-१५ गठ्ठाघरस्थित प्रवीण आयल स्टोरको पम्पमा जडान गरेको चिप्स बरामद गरी पम्पका प्रबन्धक मकवानपुरका ४१ बर्षीय भिमसेन केसी समेतलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाएको छ ।

Police-Press