
काठमाडौं, ११ मंसिर । जमल विटबाट पैदल गस्तीमा खटिएको प्रहरी टोलीमाथि मोटरसाइकलले ठक्कर दिँदा एक जवानको मृत्यु भएको छ ।
एक जना जवान घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–३० स्थित कान्तिपथबाट ज्याठा छिर्ने सडकमा बा.४२ प २९८१ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ घाइते भएका जमल बिटबाट पैदल गस्तीमा हिडिरहेका प्रहरी वृत दरबारमार्गमा कार्यरत खोटाङ रपन्छा–९ घर भएका २३ बर्षीय प्रहरी जवान अमन गजमेरको उपचारको क्रममा बीर अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकले ठक्कर दिदाँ घाइते भएका अर्का प्रहरी जवान राम बहादुर बस्नेतको बीर अस्पतालमा उपचार भईरहेको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजतलास गरिरहेको छ ।












प्रतिक्रिया