३० आश्विन २०८३, शुक्रबार

सरकारी पेट्रोल पम्पले अनियमितता गर्दा तेल भर्ने जिम्मा नीजि पम्पलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सील गरिएको सरकारी पम्प
सील गरिएको सरकारी पम्प

भैरहवा, ११ मङसिर । जिल्लामा सरकारी स्वामित्वमा रहेको नेपाल आयाल निगमको खुद्रा बिक्री केन्द्र (पेट्रोल पम्प)मा स्थानीय अनुगमन समितिले सिलबन्दी गरेपछि अत्यावश्यक इन्धन भर्नका लागि भैरहवाको दुर्गा आयल सप्लार्यसलाई जिम्मा दिइएको छ ।

सरकारी स्वामित्वमा जिल्लामा एउटा मात्रै पेट्रोल पम्प रहेको र उक्त पम्पलाई शिलबन्द गरेपछि अत्यावश्यक इन्धन भर्नका लागि तत्कालका लागि नीजि पम्पलाई जिम्मा दिइएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले तत्कालका लागि दुर्गा आयाललाई सुरक्षा निकाय, एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनमा तेलको व्यवस्था मिलाउनका लागि जिम्मा दिइएको बताउनुभयो ।

आयल निगमको क्षेत्रीय कार्यालय भलवारी अन्तरगतको खुद्रा बिक्री केन्द्र (पेट्रोल पम्प) अञ्चलपुर भैरहवामा डबल नोजल्स प्रयोग गरिएको पाइएपछि शिलबन्दी गरिएको थियो । उक्त पम्पको अनुसन्धान प्रक्रिया जारी रहेको प्रजिअ ढकालले जानकारी दिनुभयो । रासस