२२ कार्तिक २०८३, आइतबार

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

palpa_districtरामपुर (पाल्पा), ११ मङ्सिर । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा झडेवाका ६४ वर्षीया रम्भादेवी गाहा, गोठादी– ३ बस्ने ७२ वर्षीय टुकबहादुर लुम्ले र रहवास– ६ का खड्गबहादुर सुहान रहेका छन् भने दुई बच्चासहित २२ जना घाइते यात्रुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल, तानसेन लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक प्रविन आचार्यले जानकारी दिनुभयो ।

तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगिरमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ । रासस