३१ आश्विन २०८३, शनिबार

अझै झरेनन् यार्सा सङ्कलकहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yarsa-Gumba-Collectioडोल्पा, २० असार । जेठ १२ गतेदेखि सुरु भएको यार्सा सङ्कलन गर्न डोल्पाका हिमाली पाटन पुगेका सर्वसाधारण निकुञ्जले दिएको प्रवेश अनुमतिपत्रको म्याद सकिँदा पनि घर फर्केका छैनन् ।

हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०७१ ले बढीमा ३० दिनका लागिमात्र यार्सा सङ्कलन गर्न पाउने भनी दिएको म्यादअनुसार जेठ १० गतेभित्र सबै मानिस पाटनबाट झरी सक्नुपर्ने भए तापनि अझै यार्सा सङ्कलक पाटनबाट झरेका छैनन् ।

निकुञ्ज क्षेत्रमा बढ्दो चोरी सिकारीका कारण ३० दिनका लागिमात्र यार्सा टिप्न पाउने र यो अवधि सकिएपछि पाटन क्षेत्रमा अनुगमनका लागि नेपाली सेनालगायत राष्ट्रिय निकुञ्जका कर्मचारीसमेत जाने नियमावलीमा उल्लेख छ ।

तर यार्सा मौसम सकिएको झन्डै एक हप्ता बितिसक्दा पनि नेपाली सेना पाटनसम्म पुग्न सकेका छैनन् ।

‘सानालाई ऐन र ठूलालाई चैन’ भनेझै सोझासाझा सर्वसाधारण निकुञ्जको म्यादभित्रै घर फर्किसकेका र वर्षैंपिच्छे चोरी सिकारी गर्दै आएका तस्करमात्र बस्ने भएकाले पछिल्लो समयमा उनीहरुले दुर्लभ वन्यजन्तु नावर, कस्तुरी, घोरल थारलगायतका वन्यजन्तुको सिकार गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

निकुञ्जको अस्तित्व जोगाउन यसरी लुकीछिपी हुने चोरी सिकारी समयमै रोकिनु जरुरी रहेको उनीहरुको भनाइ छ ।