
सप्तरी, ११ मंसिर । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत भारदहमा सुरक्षा दिँदै लगिएको एउटा बस आज बिहान अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
सिन्धुलीबाट काँकरभिट्टाका लागि छुटेको ना५प १६६४ नंको बस भारदह–१ स्थित कङ्कालनी मन्दिर नजिकको सडकमा पल्टिँदा सो दुर्घटना भई करिब २५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा धनुषा, तुलसीपुर–४ की नौ वर्षीया निर्जला बस्नेत र अर्का एक ठेगाना नखुलेका जीवन अधिकारी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो ।
घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान र विराटनगरको न्युरो अस्पताल पठाइएको छ ।
मधेसी मोर्चाको अबरोधलाई छिचोल्दै सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यतर्फ जाँदै गरेका सवारी साधनलाई प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
ढुङ्गा प्रहार भएपछि जोगाउन भाग्न खोज्दा बस अनियन्त्रित भइ दुर्घटना भएको थियो ।












प्रतिक्रिया