२२ कार्तिक २०८३, आइतबार

आफ्नो भागको मन्त्रालय एमालेले कब्जा गरेपछि यी दुई सांसद जिल्ल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepak-Boharaकाठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी ओलीलाई संसदमा मतदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्तरिक विवादका कारण अहिलेसम्म मन्त्रीको सिफारिस गर्न सकेको छैन ।

सानाठूला गरी एक दर्जनभन्दा बढी दलको सहभागिता रहेको यो सरकारमा राप्रपाले दुई मन्त्रालय पाएको छ । तर आन्तरिक विवादले गर्दा राप्रपाले मन्त्री बन्ने सांसदको नाम सिफारिस गर्न सकेको छैन ।

स्रोतका अनुसार मन्त्री बन्नका लागि राप्रपाका संसदीय दलका नेता दीपक बोहरा र लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द तयार भएर बसेका छन् । उनीहरूलाई मन्त्री बन्न नदिन केही समूह सक्रिय भएको स्रोतले जनाएको छ ।

पार्टी एकीकरण गरेको घोषणा गरेका राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा र अर्का अध्यक्ष लोकेन्द्रबहादुर चन्दले बोहरा र जयन्तलाई मन्त्री बनाउन गोप्य सहमति गरेको बुझिएको छ । यो चलापाएपछि अर्को तेस्रो समूहले बिरोध गर्दै आएको छ ।

उता, सरकारमा सहभागी हुने भने पनि राप्रपाको भागमा राम्रा मन्त्रालय परेका छैनन् । राम्रा मन्त्रालय नभएपछि बोहरा र जयन्तले चिन्ता जनाउने गरेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले राप्रपालाई श्रम र सहरी विकाश मन्त्रालय दिने बचन दिनुभएको थियो ।

तर दुबै मन्त्रालयमा एमालेका मन्त्रीहरूले कब्जा जमाइ सकेका छन् । श्रममा शान्ता मानवी र सहरीमा भीम रावलले जिम्मेवारी लिइरहनुभएको छ ।