६ कार्तिक २०८३, शुक्रबार

कहाँ गयो अनुदानको तेल ?, चीनबाट तेल ल्याउने हल्ला मात्रै बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chin Bata Oil Nepaliकाठमाडौं, ११ मंसिर । चीनले वर्षेनी उपलब्ध गराइरहेको आर्थिक तथा प्राविधिक सहायतामा कट्टा हुने गरी ११ मिलियन एनआरबी ९१८ करोड रुपैयाँभन्दा बढी० बराबरको १३ लाख लिटर पेट्रोल नेपाल आएको छ ।

१६ कात्तिकदेखि केरुङ–रसुवागढी हुँदै तेल ल्याउन थालिएको थियो । अन्तिम खेप मंगलबार ल्याइएको थियो ।

चीनबाट १६ कात्तिकमा पेट्रोल आउन थालेपछि निगमले १९, २० र २१ कात्तिकमा उपत्यकामा करिब दश लाख लिटर पेट्रोल वितरण गरेको नयाँ पत्रिका दैनिकले छापेको छ । भारत र चीनको पेट्रोल मिसाएर बिक्री गरिएको निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए ।

२१ कात्तिकयता भने निगमले निजी सवारीका लागि भनेर कुनै पनि पम्पलाई तेल दिएको छैन । बुधबारसम्म निगमको थानकोट डिपोमा तीन लाख ५० हजार लिटर चिनियाँ पेट्रोल मात्रै मौज्दात छ ।

डेढ करोड नाफा आयल निगमले चीनबाट १३ लाख लिटर पेट्रोल ल्याउँदा रसुवा भन्सार कार्यालयमा करिब ५ करोड ७० लाख रुपैयाँ राजस्व तिरेको छ ।

सो पेट्रोल प्रतिलिटर एक सय चार रुपैयाँका दरले बिक्री गर्दा १३ करोड ५२ लाख रुपैयाँ आम्दानी हुन्छ । प्रतिलिटर १२ रुपैयाँ ६६ पैसा नाफा राखेर बिक्री मूल्य तय गरेको निगमले जनाएको छ ।

यसो गर्दा चिनियाँ पेट्रोलको बिक्रीबाट एक करोड ६४ लाख ५८ हजार रुपैयाँ नाफा हुन्छ । ‘चालकबाटै तेल चोरी’ केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म ल्याइएको तेल चालकले चोरी गरेका छन् ।

एउटा ट्याकरबाट २५ देखि ३० लिटरसम्म तेल चोरी गरेको प्रारम्भिक अध्ययनमा देखिएको निगमका एक अधिकारीले बताए ।

अनुदानको तेल लिन सयभन्दा बढी ट्यांकर परिचालन भएका थिए । पछि गएका ट्यांकरबाट अझ धेरै चोरी भएको निगमको भनाइ छ ।

नाकामा कमजोर पूर्वाधार नेपाल–चीनबीचको व्यापारका लागि ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङको कोरल्ला, मुगुको हिल्सा र हुम्लाको यारी नाका छन् ।

ती नाकामा नेपालले छोटी भन्सार कार्यालय स्थापना गरेको छ । तर, पूर्वाधार विकास हुन सकेको छैन । हाल तातोपानी र रसुवागढी नाका मात्रै सञ्चालनमा छन् ।

रसुवागढीबाट १२ हजार लिटर क्षमताका ट्यांकरले तेल पनि ओसारेका छन् । तातोपानी नाका सजिलो चीनसँग व्यापार गर्न नेपाललाई तातोपानी–खासा सजिलो र छोटो परे पनि भूकम्पपछि अवरुद्ध छ ।

नेपालले तिब्बतको सिगात्सेबाट इन्धन ओसार्न सक्ने प्रारम्भिक अनुमानका आधारमा तातोपानी नाका नै सजिलो हुन्छ । सिगात्सेमा चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को ५० हजार किलोलिटर क्षमताको भण्डारणगृह छ ।

काठमाडौं–तातोपानी–सिगात्से पाँच सय ९८ किलोमिटर छ । तातोपानी सडक दुई लेनको छ । काठमाडौं–तातोपानी सडकको काठमाडौं–दोलालघाट खण्ड राम्रो अवस्थामा छ ।

गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र भूकम्पले लामोसाँगु–बाह्रबिसे खण्ड क्षतिग्रस्त बनाएको थियो ।

सिगात्से–रसुवागढी अप्ठ्यारो सिगात्से–रसुवागढी–काठमाडौंको दूरी सात सय दश किलोमिटर छ । सरकारले यो बाटोलाई अझै सहज र छोटो गराउन आपत्कालीन परियोजनाका रूपमा रसुवागढीसम्म पुग्न बेत्रावती–मैलुङ–हाकुबेसी–स्याफ्रुबेसी वैकल्पिक सडक निर्माण गर्ने योजना अगाडि सारेको छ ।

यो सडकको केही स्थानमा ठूला पहिरो र भीर रहेकाले सडक खन्न चुनौतीपूर्ण छ । युरो–४ को तेलले प्रदूषण कम युरो–४ मापदण्डको पेट्रोलमा प्रदूषण कम गराउने क्षमता हुन्छ ।

सवारीसाधानको इन्जिनको आयु बढ्छ, माइलेज बढी हुन्छ । उत्पादन लागत तुलनात्मक रूपमा धेरै पर्ने भएकाले खरिद मूल्य बढी पर्छ ।

विश्वका अधिकांश मुलुकमा युरो– ४ मापदण्डको तेल प्रयोग हुन्छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, ‘विश्वमा युरो १ देखि ६ ग्रेडसम्मका इन्धन पाइन्छन्, इन्धनको ग्रेड जति माथि भयो, प्रदूषण कम गराउने क्षमता उति बढ्छ ।’