६ कार्तिक २०८३, शुक्रबार

तीन महिनादेखि किन सयौँ कर्मचारी कार्यालय फिर्ता भएनन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rekha-Sharma-Minister-430x316काठमाडौं, ११ मंसिर । सामान्य प्रशासन मन्त्रालयले ३ महिने समयवधि सकिएर पनि काजबाट नफर्किएका सयौं निजामती कर्मचारीलाई दरबन्दी रहेकै कार्यालयमा फर्काउने भएको छ ।

काजमा बस्ने समयवधि सकिएर पनि सेवा ग्राही बढी भीडभाड हुने, अतिरिक्त कमाइ हुने कार्यालयमा बसिरहने प्रवृत्ति हावी भएको अवस्थालाई मध्यनजर गरेर मन्त्रालयले यस्तो निर्णय गरेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

सामान्य प्रशासनमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो ।

साउन महिनादेखि ३ महिने काज लिएका कर्मचारीहरु मंसिर १ गतेदेखि कार्यालयमा फर्किनुपर्नेमा अझै नफर्किएको मन्त्री शर्माले बताइन ।