मोरङ, १० मंसिर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सहमति हुन नसकेका विषयलाइ संघीय आयोग मार्फत पुरा गर्न सकिने प्रस्ताव अघि सार्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज सांझ संचारकर्मीसंग कुरागर्दै नेता नेपालले जायज माग पुरा गर्न मुख्यदल गम्भीर भएर लागेकाले बन्द हड्ताल गरेर जनतालाई दुःख नदिन मधेस केन्द्रित दललाई आग्रह समेत गर्नुभयो । नेता नेपालले मुलुकमा कस्तो संघियता बनाउने र कस्तो प्रदेश बनाउने विषय नेपालका राजनीतिक दलहरुले गर्ने भएकाले यस विषयमा भारतले हस्तक्षेप गर्न नमिल्ने बताउनुभयो ।
उहाँले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतामा आँच आउने गरी कुनैपनी निर्णय गर्न नसकिने बताउनुभयो । भारतले नेपालमा गरेको नाकाबन्दीको विषयमा अन्तराष्ट्रिय जगत समेत चिन्नित रहेको उहाँको भनाइ थियो ।












प्रतिक्रिया