काठमाडौ, १० मंसिर । भारतको नाकाबन्दीमा निरन्तर सहयोग गर्दै आइरहेको उत्तरी छिमेकी चीनले आगामी दुई सातापछि नेपालका ९७ प्रतिशत बस्तुमा ‘कर फ्री’ अर्थात शून्य भन्सार उपलब्ध गराउने घोषणा गरेको छ ।
चीनको नयाँ निर्णयअनुसार नेपालबाट चीनमा निर्यात हुने ९७ प्रतिशत बस्तुहरुमा भन्सार कर तिर्नुपर्ने छैन् । चिनियाँ मन्त्रिपरिषद् (स्टेट काउन्सिल) अन्तर्गतको कस्टम्स ट्यारिफ कमिसनले डिसेम्बर ७ बाट लागू हुने गरी शुन्य भन्सार अर्थात ‘कर फ्री’को घोषणा गरेको हो ।
यसअद्धि नेपालले बिगतमा चीनलाई पटक पटक शुन्य भन्सारको ब्यबस्था मिलाइदिन अनुरोध गर्दै आएको थियो ।
यो घोषणाबाट नेपाली बस्तुहरु चीनमा सस्तोमा उपलब्ध भई नेपाललाई फाइदा हुनेछ । जसका कारण नेपालको ब्यापार चीनमा बढ्ने विश्वास गरिएको छ ।
चिनियाँ सरकारी पत्रिका पिपुल्स डेलीका अनुसार नेपालसँगै दक्षिण अफ्रिकाका ७ मुलुकहरु कोमोरोस, मौरिटानिया, टोगो, लाइबेरिया, रुवान्डा, अंगोला र जाम्बियाबाट चीनमा निर्यात हुने ९७ प्रतिशत बस्तुहरुमा समेत चीनले सोही मितिबाट लागू हुने गरी शुन्य भन्सारको घोषणा गरेको छ ।












प्रतिक्रिया