३१ आश्विन २०८३, शनिबार

प्यूठान: कारागारमै थुनुवाले छोरा जन्माइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sutkeri-Mahila

विजयसिंह भारती

प्यूठान, २० असार । प्यूठान कारागारमा रहेकी एक महिला थुनुवाले शुक्रवार विहान छोरालाई जन्म दिएकी छन् । हत्या अभियोगमा पुर्वपक्षका लागि थुनुवामा रहेकी प्यूठान बाङ्गेमरोठ–६ की २७ वर्षिय मधु घर्तिले विहान २ बजे छोरा जन्माएकी हुन् ।

आमा बच्चा दुवैको स्वास्थ्य अवस्था ठीक रहेको प्राथमिक स्वास्थ्य केन्द्र खलंगालाई उदृत गर्दै जेलर सूर्य पन्तले बताए । जन्मँदा अवस्थाको बच्चा तीन केजीको रहेको छ ।
२०७० मंसिर २७ गते माइत बाँदीकोट–८ गएका वेला काका नाता पर्ने अ‍ैमाने पुनको हत्यामा संलग्न भएको आरोपमा उनी कारागार चलान भएकी हुन् । जिल्ला अदालतले मधुलाई २०७० पुस २८ गते पुर्वपक्षका लागि थुनामा राखेर मुद्धा चलाइरहेको छ । कारागारमा उनीसँगै आमा जयन्ती पुनमगर र मोती पुनमगर पनि थुनुवामा छन् । हाल जिल्ला कारागारमा ४ कैदी र ७ थुनुवा गरी ११ महिला छन् ।

कारागार ऐन २०१९ र नियमावली २०२० अनुसार बच्चा जन्मीए वा भएमा आमाले चाहेमासँगै राख्न सक्नेछन् । २ वर्ष पुगेपछि वारिसवालाको जिम्मा लगाउनु पर्छ वा अरु कोहि नभएमा नाबालकको सम्पूर्ण हेरविचार, शिक्षा, दिक्षा र लालनपालन नेपाल सरकारको खर्चमा गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । कानुनी व्यवस्था अनुसार सुत्केरी कैदी वन्दीका लागि मसिनो चामल, ध्यू, तेल जस्ता सामाग्री कारागारले उपलब्ध गराउनेछ ।