२२ कार्तिक २०८३, आइतबार

दशैभरी ‘साम्प्रदायिक वितण्डा’ मच्चाउने उपेन्द्र यादवको गोप्य योजना सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra yadavकाठमाडौं, १० मंसिर । राजधानीमा आफूलाई केही युवाहरूले लखेटेपछि त्यसको बदला लिन मधेसी मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व पश्चिम राजमार्ग अन्तरगत रहेका ठाउं ठाउंमा साम्प्रदायिक वितण्डा मच्चाउन बनाएको गोप्य योजना सार्वजनिक भएको छ ।

पहाडी समुदाय बस्ने क्षेत्रहरूमा विरोधसभाको आयोजना गरि पहाडी मधेसीबीच साम्प्रदायिक दंगा गराउने उद्देश्यका साथ यो गोप्य योजना बनाईएको हो । ११ गतेदेखि शुरू हुने यस कार्यक्रममा मधेसी मोर्चाका शीर्ष नेताहरूको समेत उपस्थिति हुने हल्ला फैलाउने तर कोही नआउने र जनता जनता बीच साम्प्रदायिक दंगा भडकाउने योजना रहेको छ ।

यस गोप्य योजना अनुसार उपेन्द्र यादवले काठमाण्डौंमा बसी सुनसरीको इटहरी, मोरंगको बिराटनगर, धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी, मकवानपुरको हेटौडा, बाराको निजगढ र बर्दियाको अत्तरियामा साम्प्रदायिक हिन्सा भडकाउने योजना बनाएका छन् ।

सर्लाहीको फूलजोरमा गत मंगलवार चूरे भावर र मधेशी मोर्चाका कार्यकर्ताबीच निकै बेर झडप भएको दर्जन भन्दा बढी घाईते भएका थिए । यसैक्रममा सदभावना पार्टीका राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोकी सांसद पत्नी शैल देवी महतोमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । महतोको गाडीको सीसा समेत फुटाईएको थियो ।

राजमार्ग वरिपरिको अधिकांश क्षेत्रहरूमा पहाडी समुदायको बाहुल्यता छ र सय दिन भन्दा बढी समय देखिको बन्दी र नाकाबन्दीले गर्दा आम जनसमुदायको जनजीवन निकै कष्टकर बन्दै गएको छ । आन्दोलन र नाकाबन्दी गरेको प्रति आम जनमानसमा मधेशी मोर्चा खासमा त्यसका शीर्ष नेताहरू प्रति निकै आक्रोश देखिएको पाईन्छ ।

यस्तो अवस्थामा पहाडी बहुल्य क्षेत्रमा मधेशी मोर्चाद्वारा जानी जानी विरोध प्रदर्शन र सभाको आयोजना गर्नु भनेको बढ्दो साम्प्रदायिक तनावमा आगोमा घ्यू थप्ने सरह नै हो । आफूले भोगेको बेइज्जतीको बदला लिन उपेन्द्र यादव जस्ता नेताद्वारा पूरै समाजलाई द्वंदको आगोमा धकल्नु सरह नै हो ।

Morcha