रियो दि जेनेरिया, २० असार । कोलम्वियाकी पप गायिका साकिराले माराकाना स्टेडियममा १३ जुलाईमा भव्य प्रस्तुति गर्ने भएकी छिन् ।
उनले रियो द जेनेरियोमा हुने विश्वकप फुटवल २०१४ को समापनको अवसरमा आफ्नो प्रस्तुति प्रदर्शन गर्न लागेको खवर विभिन्न समाचार एजेन्सीहरुले छापेका छन् ।
यसअघि दुई पटक विश्वकपमा आफ्नो गीत प्रस्तुत गरिसेककी साकिराको यो तेस्रो प्रस्तु्ति हो । यो प्रर्दशनीसँगै उनले विश्पकपमा ह्याट्रिक पुरा गर्ने छिन् ।
बार्सिलोला तथा स्पेनका स्टार खेलाडी जेराड पेकेकी श्रीमती समेत रहेकी साकिराले त्यहाँ आफ्नो गीत ला ला ला।। गाउने छिन् । उनले यसअघि जोहान्सवर्गमा वाका वाका।।। गाएकी थिइन् ।












प्रतिक्रिया