काठमाडौं, १० मंसिर । सय दिनदेखि जारी मधेस आन्दोलन रोक्न सरकारले वार्ता सम्वादलाई तीव्र बनाउने निर्णय गरेको छ ।
मधेसका मागहरुप्रति सरकार गम्भीर रहेको र सरकारले बल प्रयोग भन्दा पनि संयमता अपनाएर वार्ता, सम्वाद र सहमतिबाटै निकास खोज्ने सामान्य प्रशासनमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठक सकिएपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो- सरकारले आफ्नो तरिकाले आन्दोलनरत समूहसँग वार्ता सम्वाद जारी राखेको छ । मधेसका मागहरुप्रति सरकार गम्भीर छ । बल प्रयोग भन्दा पनि संयमता अपनाएर सम्वाद सहमतिबाटै निकास खोज्छौं ।’












प्रतिक्रिया