२२ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषद बैठकः पाँच जना सहसचिवको सरुवा, को-कहाँ पुगे ? (हेर्नुस् नामावली)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Singha-Darbarकाठमाडौं, १० मंसिर । सरकारले विभिन्न मन्त्रालयका पाँच जना सहसचिवको सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सहसचिव चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा, रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा, कमलप्रसाद भट्टराईलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा, डन्डुराज घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, ऋषिराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

सरुवा भएका सहसचिवको नामावली:
चक्रबहादुर बुढा– गृह मन्त्रालय
ऋषि शर्मा– गृह मन्त्रालय
रामकृष्ण सुवेदी– गृह मन्त्रालय
कमलप्रसाद भट्टराई– सामान्य प्रशासन
डन्डुराज घिमिरे– पर्यटन मन्त्रालय