२२ कार्तिक २०८३, आइतबार

नाकाबन्दी सामना गर्दै आएको सरकारले के निर्णय गर्ला ? मन्त्रिपरिषद बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli-cabinetकाठमाडौं, १० मंसिर । भारतको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण मुलुकमा आपूर्ति व्यवस्थामा समस्या परिरहेका बेला मन्त्रिपरिषदको बैठक बस्दैछ ।

अहिले केही समयपछि सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा मुलुकमा असहज बन्दै गएको आपूर्ति व्यवस्थाका विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार भारतीय नाकाबन्दीको सामना गर्न आवश्यक पर्ने रणनीतिका विषयमा पनि छलफल हुनेछ ।

भारतले नाकाबन्दी लगाएपछि औषधि, तेल, ग्यासका साथै अत्यावसेक सामाग्रीको चरम अभाव हुँदै गएको छ ।

सरकारले नाकाबन्दीबाट भाएको अभावको बैकल्पीक मार्गबाट आपूर्ति गर्ने विषयमा पनि छलफल गर्ने बुझिएको छ ।

त्यसै गरी बैठकमा संसदमा कांग्रेस सरकारका पालामा दर्ता भएको संविधान संशोधन सम्बन्धी विधेयकहरूका विषयमा पनि छलफल हुनेछ ।