काठमाडौं, १० काठमाडौं । वाई फाई (Wi-Fi) भन्दा सयौं गुणा फास्ट कनेक्टिविटी प्रविधि छिट्टै सार्वजनिक हुँदैछ । यद्यपी यो प्रविधि अहिले शुरुआती प्रयोगको चरणमा छ । आगामी वर्षभित्रै यसले वाईफाईलाई विस्थापित गर्ने बताइएको छ । यो प्रविधिको नाम हो (Li-Fi) ।
यो प्रविधिमा इन्टरनेट कनेक्टिविटीका लागि भिजिबल लाइट कम्यूनिकेशन (VLc)को प्रयोग गरिएको छ जसका कारणले यसको कनेक्टिविटी स्पीड ल्याबमा 1Gbps देखिएको छ, जो आम वाईफाईभन्दा १०० गुणा बढी हो ।
पछिल्लो दुई वर्षसम्म यो प्रविधिमाथि कैयौ वैज्ञानिकले अनुसन्धान गरेका थिए । अब यो प्रविधिलाई पहिलोपटक टेस्टिंग ल्याबबाट बाहिर प्रयोग गरिएको छ जहां यसको कनेक्टिविटी स्पीड 1Gbps देखिएको हो । तथ्याङ्क अनुसार प्रायजसो आम वाईफाई राउटर्समा 100Mbps को कनेक्टिविटी स्पीड हुन्छ ।
यो ‘इन्टरनेट’को स्पीड होइन्, यह कनेक्टिविटी स्पीड हो
प्रयोगकर्ताहरु डिभाइस कनेक्टिविटी स्पीडलाई इन्टरनेट स्पीडका रुपमा बुझ्ने गर्छन् । उदाहरणका रुपमा हेर्दा वाईफाई राउटरको कनेक्टिविटी स्पीड 100Mbps हुन्छ जसको अर्थ, राउटरबाट स्मार्टफोन वा ल्याप्टप 100Mbps स्पीडबाट कनेक्ट भइरहेको भन्ने हुन्छ । जबकि इन्टरनेट स्पीड त्यो हो जो सर्विस प्रोभाइडर(सर्वर)बाट आएको हुन्छ । त्यसैगरी Li-Fi को 1Gbps स्पीडलाई इन्टरनेट स्पीडका रुपमा बुझ्नुहुँदैन् । किनकि यो राउटरबाट डिभाइसमा कनेक्टिविटीको स्पीड हो, जसमा इन्टरनेट स्पीडमा धेरै फरक पर्दैन् ।
अफिस र लोकल नेटवर्किंगमा हुनेछ फाइदा
यदि यो प्रविधि छिट्टै प्रयोगमा आयो भने यसले लोकल नेटवर्किंगमा एकदमै फाइदा हुनेछ जहांका सबै कम्प्युटरहरु लोकल वाईफाई नेटवर्कबाटै कनेक्ट हुन्छन् । (Estonian) कम्पनीका सीईओ दीपक सोलंकीले एक अंग्रेजी पत्रिकालाई अन्तर्वार्ता दिँदै भनेका छन्- हामी कयौ इण्डस्ट्रिजमा यो प्रविधिको प्रयोगका लागि पाइलट प्रोजेक्ट चलाइरहेका छौं, ताकि यो वीएलसी प्रविधि प्रयोग सकियोस् ।
के हो Li-Fi, कस्ले यो बनायो यो प्रविधिलाई ?
यो वाईफाई (Wi-Fi) जस्तै वायरलेट टेक्नोलोजी हो जसमा भिजिबल लाइट कम्यूनिकेशन (VLC)बाट डेटा ट्रैवल गरिन्छ । यूनिवर्सिटी अफ एंडिनबर्गका हैरल्ड हासले २०११ मा पहिलो पटक यो प्रविधिलाई प्रयोगकर्तासामू डेमोन्सट्रेट गरेर देखाएका थिए ।
कहाँ चलिरहेको पाइलट प्रोजेक्ट ?
उनले भनेका छन्- यद्यपी हामीले इण्डस्ट्रियल वातावरणका लागि स्मार्ट लाइटिंग सोल्यूशन डिजाइन गरेका छौं जहाँ लाइटबाट डेटा कम्यूनिकेशन गरिन सकिनेछन । यसको साथै हामी प्राइभेट क्लाइन्ट्ससँग पनि यसको पाइलट प्रोजेक्ट चलाइरहेका छौं जहां अफिसमा इन्टरनेट एक्सेस गर्नका लागि Li-Fi नेटवर्कको प्रयोग गर्न सकिनेछ ।
सिक्योर(सुरक्षित) कनेक्शनका लागि फाइदाजनक
यो प्रविधिबाट सिक्योर नेटवर्क बनाउनमा पनि मद्दत मिल्नेछ किनकि वाईफाईको जसरी यसको सिग्नल पर्खाललाई पार गर्न सक्नेछैन् । उदाहरणका लागि यदि एउटा घरमा यसलाई जडान गरियो भने त्यो घरबाट बाहिर यसको सिग्नल जानेछैन् जसले यसको कनेक्टिविटी अझै मजबूत र सिक्योर हुनेछ । यही कारण पत्ता लगाउन Li-Fi को ल्याबमा 224Gbps म्याक्सिमम(अधिकतम) स्पीडबाट डेटा ट्रैवल गरिएको थियो । (एजेन्सीको सहयोगमा)
















प्रतिक्रिया