२२ कार्तिक २०८३, आइतबार

भारतले गोली हानेर मधेसी नेपालीहरूलाई किन तस्कर भन्यो ? (विज्ञप्तिसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

भारतीय एसएसबीको गोली लागेर गम्भीर घाइते नरेश यादव
भारतीय एसएसबीको गोली लागेर गम्भीर घाइते नरेश यादव

इटहरी, ९ मंसिर । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभएको छ ।

घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँँग समेत भेटघाट गरेर घटनाका विषयमा गहन अध्ययनपछि सदरमुकाम इनरुवा आइपुग्नुभएका प्रजिअ पन्थले स्थानीयवासीले भने जस्तै भारतीय सीमा सुरक्षा बलका जवानले नेपालको भू–भागमा आएर जथाभावी गोली चलाएको देखिएको उल्लेख गर्नु भयो ।

साइकलमा रासायनिक मल लिएर नेपालतिर आउँदै गरेको नेपालीलाई साइकलमा पच्छ्याउँदै आएका भारतीय सुरक्षा बलका जवानले नेपाली भूमिमा बसिरहेकालाई जथाभावी बोल्ने र गालीगलौज गरेपछि तनाव भएको र एक्कासी भारतीय जवानहरुले फायर खोलेको स्वयम एसएसबीका जवानले बताएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी गराउनुभयो ।

भारतीय सुरक्षा बल एसएसबीले आफुहरुमाथि पनि लाठी प्रहार गरेको र आत्मरक्षाका लागि बाध्य भ्एर फायर खोल्नुपरेको भन्ने भनाइले पनि उनीहरुबाट गल्ती भएको देखिन आएको पनि प्रजिअ पन्थले जानकारी गराउँदै नेपाली भूमिमा प्रवेश गरेर नेपालीमाथि नै गोली हान्नु सिधै गल्ती भएको टिप्पणी गर्नुभयो ।

घटनापछि हरिपुर सीमानाका क्षेत्रमा अहिले स्थिति शान्त रहेको छ । सुनसरी प्रहरीले घट्नालाई गम्भीररुपमा हेर्न छलफल चलाइरहेको बुझिएको छ । रासस

……………………………………….

Embassy of India, Kathmandu

Press Release

The Embassy has seen reports in the Nepali media regarding firing by Seema Suraksha Bal (SSB). These reports are
inaccurate. The fact is as follows.

At 05:20 hours on 25 November 2015, a patrol team of SSB came  across a few smugglers inside the Indian territory across the Sunsari district of Nepal. When challenged, the smugglers and  their accomplices attacked the patrol team and injured one constable.

An SSB personnel fired in the air in self-defence, following which the smugglers dispersed. The incident took place inside the Indian territory and no Nepali citizen was injured.

The Government of India will continue to facilitate supplies to Nepal. While doing so, SSB will continue to maintain order and security at the India-Nepal border.

November  25,  2015