२२ कार्तिक २०८३, आइतबार

भारतीय दूतावासको विज्ञप्तिः एसएसबीले नेपाली नागरिकमाथि गोली हानेको छैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-rayकाठमाडौं, ९ मंसिर । आज विहान चार जना नेपालीमाथि घरमै आएर गोली हानेको भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बचाउ गर्दै काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति निकालेको छ ।

सुनसरीको भन्टाबारीमा भएको उक्त घटनामा भारतीय सीमा सुरक्षा बलले आत्मरक्षाका लागि गोली चलाएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । भारतीय राजदूत रञ्जीत रेद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘बुधबार बिहान भन्टाबारीमा एसएसबीको गोलीबाट ४ जना नेपाली भएका खबर झुटो हो । यो समाचारको हामी खण्डन गर्छाै । उक्त घटना नेपालमा नभई भारतीय भूमिमा भएको हो ।’

दूतावासले एसएसबीको पेट्रोल टोलिमाथि केही तस्करहरूले आक्रमण गरपछि आत्म सुरक्षाका लागि उनीहरूले हवाइफायर गरेको जनाएको छ । घटनामा १ जना जवान घाइते भएको र घटनामा कोही पनि नेपाली घाइते नभएको विज्ञप्तिमा उल्लेख छ ।

तर, दुबै देशका अधिकारीको टोलीले घटनास्थलको अनुगमन गरी एसएसबी दोषि भेटिएको छ । र भारतीय सुरक्षा अधिकारीले कारवाही तथा क्षतिपूर्तिको प्रतिबद्धता जनाएका छन् ।

घटना अनुसार भारतीय तस्करहरुले एसएसबीमाथि आक्रमण गरेर भागेपछि कोही नपाएर बदला लिन नेपालीको घरमै आएर गोली हानेको खुल्न आएको छ ।