२२ कार्तिक २०८३, आइतबार

सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokhreकावासोती, ९ मङ्सिर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी नेपाल नवलपरासीले आज कावासोतीमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “स्वाभिमानसँग बाँच्ने हो भने आत्मनिर्भर हुन जरुरी छ ।”

दीर्घकालीन हिसाबले बाँच्ने योजना नबनाउँदा अहिलेको समस्या सिर्जना भएको उहाँको भनाइ थियो ।

“आत्मनिर्भरताको जग कमजोर हुँदा स्वाभिमान सङ्कटमा परेको छ, विस्तारवादको नाराले मात्र स्वाभिमान बच्दैन, अहिले त्यही अवस्था छौँ”–उहाँले भन्नुभयो ।

भारतको छिमेकीप्रतिको व्यवहार मित्रतापूर्ण छैन, त्यसका लागि कूटनीतिक र राजनीतिक पहल भइरहेको छ”–उहाँले भन्नुभयो, “सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न ।” रासस