२२ कार्तिक २०८३, आइतबार

अमरेशकुमारले भने- नरेन्द्र मोदी र भारतको विरोध गर्न पाइन्न्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amresh-Kumar

– विमल योगी

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका नेता तथा मधेसबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले सरकार मधेस आन्दोलनको दमनमा उत्रिएको आरोप लगाउनुभएको छ ।

संसदको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा सर्लाहीमा चुरे भावर राष्ट्रिय एकता पार्टीले मधेसी मोर्चाका नेता कार्यकर्तालाई लखेटेको प्रसंग निकाल्दै सरकारले चुरे भावरलाई उचालेर मधेस आन्दोलनको दमनमा उतारेको आरोप लगाउनुभयो । उहाँले चुरे भावर पार्टीका कारण मुलुकमा साम्रदायिक हिंसा फैलिने चेतावनी दिनुभयो ।

‘एकातिर मधेसीमाथि गोली हान्ने, अर्काेतिर चुरे भावर पार्टीलाई उचालेर प्रतिकारमा उतार्ने । यहाँनेर राज्यले दोहोरो व्यवहार देखायो’, उहाँले भन्नुभयो । उहाँले सय दिन पुग्दा पनि मधेसीका माग सम्बोधन नगरिनु तर, चुरे भावरलाई एकदिनमै साथ दिनु, रोक्ने प्रयास नगर्नु दुःखद् भएको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघको विज्ञप्ति आउँदा खुसी हुने नेपाली नेता र जनताहरू भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दा खुसी हुने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मोदी र भारतको विरोध गर्न नपाइने बताउनुभयो ।

राजमार्ग खोल्ने नाममा राज्यले मधेसमा आतंक मच्चाएको उहाँको आरोप छ । सांसद सिंहले राजधानीको आपूर्ति व्यवस्था गर्नको लागि मधेसीहरूलाई मार्न नपाइने बताउनु भयो । उहाँले गृहमन्त्री शक्ति बस्नेतलाई राज्य दमन नगर्न चेतावनी पनि दिनुभयो ।

मधेस आन्दोलनमा मधेसी मात्र होइन् कांग्रेस, एमाले र एमाओवादीको समर्थन रहेको सांसद सिंहले दाबी गर्नुभयो । ‘आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्छ’, उहाँले भन्नुभयो, ‘आक्रोशित बन्नु भएन् । समस्या समाधान खोजौं ।’