२२ कार्तिक २०८३, आइतबार

तराईमा सुरक्षा फौज परिचालन, राजमार्ग अवरुद्ध गर्नेमाथि बल प्रयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepal

काठमाडौं, ९ मंसिर । आन्दोलनका बीच तराई मधेसमा राजमार्ग खुलाउन सरकारले बल प्रयोग गर्ने भएको छ । त्यसका लागि सुरक्षा फौज परिचालन गरिएको छ ।

मंगलबारदेखि तराईमा विशेष सुरक्षा योजना लागू गर्दै गृह मन्त्रालयले अब राजर्मागहरुमा कुनै अवरोध गर्न नदिइने र गर्नेहरुमाथि बल प्रयोग गर्ने निर्णय गरेको हो । विशेष सुरक्षा योजनाले राजमार्ग सूचारु गर्नुका साथै सरकारी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा हुनेछ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले विशेष सुरक्षा योजना कार्यान्वयनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली बनाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो- तत्कालै सेना परिचालन हुँदैन् । प्रहरी र सशस्त्रको सुरक्षा फौजले हेर्छ । आन्दोलन चर्किएको तराई मधेसको पर्सादेखि सप्तरी तथा नवलपरासीदेखि बाँकेसम्मका जिल्लाहरुमा यो योजना लागू भएको छ । अबपनि प्रशासनलाई अटेरी गरी राजमार्ग अवरोध गर्न आए बल प्रयोग हुन्छ ।’

विशेष सुरक्षा योजना लागू भएका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरेर सुरक्षाकर्मी परिचालन गरिने गृह प्रवक्ता ढकालको भनाई छ । जसमा नेपाल प्रहरी अगाडि रहनेछ भने त्यसलाई सशस्त्र प्रहरीले सहयोग गर्नेछ ।