२२ कार्तिक २०८३, आइतबार

मोदीका सांसदले भने- नेपालको तराई क्षेत्र भारतको भुमि हो, फिर्ता नदिए खोसेरै लिन्छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

24_11_2015-kirti_azadकाठमाडौं, मंसिर ९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बीजेपी)का एक सांसदले नेपालको तराई क्षेत्र भारतको भुमि भएको दाबी गरेका छन् ।

उनले नेपालका १५ जिल्ला भारतले खोसेरै छाड्ने चेतावनी समेत दिएका छन् । उनी हुन् भाजपाका सांसद कीर्ति आजाद । जसले भारतको दरभंगामा आयोजित एक कार्यक्रममा नेपालले तराईका १५ जिल्ला भारतलाई ‘फिर्ता दिनुपर्ने’ र नदिए खोसेरै लिने चेतावनी दिएको भारतीय पत्रिका दैनिक जागरणले समाचार छापेको छ ।

ती जिल्ला अंग्रेजले नेपाललाई दिएको भन्दै अंग्रेज शासन अन्त्य भएपछि ती जिल्लालाई भारतमा फर्ककाउन कसैले पहल नगरेको उनले बताए । सांसद आजादले संसदमा आफूले यसबारे कुरा उठाउने पनि बताए । अंग्रेजले नेपाललाई दिएका ती जिल्ला फिर्ता गराउनका लागि आफूले पहल गर्ने बताउँदै उनले भने– ‘नेपालले ती जिल्ला भारतलाई फिर्ता दिएन भने खोस्नु पर्दछ ।’

सांसद आजाद पूर्व क्रिकेट खेलाडीसमेत हुन् । जतिबेला भारतले अंग्रेजको दासत्व झेलिरहेको थियो, नेपाल त्यतिबेला टिस्टा–काँगडासम्म फैलिएको थियो । अंग्रेजसँगको सन्धीकै कारण नेपालले ती भूभाग गुमाएको हो जो अहिलेसम्म फिर्ता ल्याउनका लागि कसैले पहल गरेको छैन ।

पुरा समाचार हेर्न यहाँ क्लिक गर्नुस्ः