काठमाडौं, ९ मंसिर । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई लिएर प्रधानमन्त्री केपी ओली र एकीकृत माओवादका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मधेस आन्दोलन र भारतीय नाकाबन्दी खुलाउने विषयमा छलफल भएको बुझिएको छ ।
त्यस क्रममा मधेसी मोर्चाले उठाएका माग र सहमतिको प्रयासमा भएका पहलहरूमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
मधेसी मोर्चा र विपक्षी दल नेपाली कांग्रेससँग वार्ताको जिम्मेवारी पाउनुभएका एमाओवादीका अध्यक्ष दाहालले मंगलबार मोर्चाका शीर्ष नेताहरूसँग अनौपचारिक वार्ता गर्नुभएको थियो ।
वार्तामा संविधान संशोधन गरेर भए पनि मधेसी मोर्चाका माग पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको बुझिएको छ ।
सोही विषयमा ओलीसँग दाहालले आज परामर्श गर्नुभएको हो । ओली र दाहालबीच भएको गोप्य वार्ताका विषयमा दुई पक्षले आधिकारिक रुपमा केही बताएको छैन ।












प्रतिक्रिया