६ कार्तिक २०८३, शुक्रबार

तराई आन्दोलन नियन्त्रण गर्न सेना परिचालन हुँदैन, त्यो अवस्थामा पुगेको छैन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ९ मंसिर । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सरकारले तराई आन्दोलन नियन्त्रणका लागि तत्काल सेना परिचालन नगर्ने बताएका छन् ।

रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री राईले देशमा विषम परिस्थिति सिर्जना नभएसम्म सरकारले सेना परिचालन नगर्ने बताए ।

देशको शान्ति सुव्यवस्थामा खलल पर्ने अवस्था आए संविधान अनुसार सेना परिचालन गर्न सकिने उनको भनाइ रहेको कान्तिपुर दैनिकले छापेको छ ।

उनले सेना परिचालन र प्रशासनिक दवाब दिएर तराईको आन्दोलन नियन्त्रण नहुनेमा जोड दिए ।