२२ कार्तिक २०८३, आइतबार

‘कसैसँग पनि राष्ट्रिय स्वाधीनता र स्वाभिमान झुकाएर सम्झौता नहुने: मन्त्री गजुरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

haribol-gajurelविराटनगर, ८ मंसिर । कृषि विकासमन्त्री हरिबोल गजुरेलले नेपाली जनताले आफैँले नयाँ र प्रगतिशील संविधान जारी गरेर कुनै अपराध नगरेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले नेपाली जनताले आफैँले नयाँ र प्रगतिशील संविधान जारी गरेर कुनै अपराध नगरेको बताउँदै कसैसँग पनि राष्ट्रिय स्वाधीनता र स्वाभिमान झुकाएर सम्झौता नहुने बताउनुभयो । एकीकृत नेकपा(माओवादी)का कोषाध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो– ‘जस्तोसुकै समस्या आएपनि राष्ट्र र जनताको अहितमा कुनै निर्णय लिइनेछैन् ।’

उहाँले चाँडै बस्ने एमाओवादी केन्द्रीय समितिको बैठक इतिहासमै ‘टनिङ व्वाइन्ट’ हुने बताउँदै तत्काल सीमाङ्कन समस्या हल गर्न जनमतसङ्ग्रहमा जानु उपयुक्त हुँदैन भन्नुभयो ।

मन्त्री गजुरेलले कृषि विकासका लागि परिपक्व योजना ल्याइने र कार्यान्वयन गरिने तथा यस क्षेत्रको माफियातन्त्रलाई निरुत्साहन गरिने बताउनुभयो । कृषि क्षेत्रमा मल र सुपारीको आयात निर्यातमा माफियातन्त्र हाबी हुने गरेकाले त्यसलाई निरुत्साहन गरेर निर्यातमुखी कृषि उत्पादनको विकास जोड दिइने भनाई राख्नुभयो ।