२२ कार्तिक २०८३, आइतबार

राजमार्ग अबरोध गर्ने मधेसी मोर्चाविरुद्ध प्रतिकार सुरु, कसले गर्‍यो नेतृत्व ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chure (1)

सर्लाही, ८ मंसिर । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको राजमार्ग अबरोध गर्ने कार्यविरुद्ध मधेसमा प्रतिकार अभियान सुरु भएको छ ।

तराई मधेसमा चुरे भावर प्रदेश मागिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीले प्रहरीले समेत खुलाउन नसकेको राजमार्गमा अबरोध गर्नेविरुद्ध कडा प्रतिकारमा उत्रिएको हो ।

मधेसी मोर्चाले आज पूर्वपश्चिम सर्लाहीको इश्वरपुर नगरपालिका-५ फुलजोर बजारमा राजमार्ग अबरोध गर्ने निर्णय गरी नेता कार्यकर्ता पठाएपछि चुरेभावर प्रतिकारमा उत्रिएको हो ।

राजमार्ग अबरोध गर्न संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव, तमलोपा नेता एवं सभासद जंगिलाल रायलगायतका नेता कार्यकता फुलजोर बजार पुगेका छन् । सम्भावित खतरालाई ध्यानमा राखेर सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सर्लाहीका डिएसपी रमेश खड्काले जानकारी दिए ।

चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष बद्री न्यौपानेले राजमार्ग क्षेत्र भावर क्षेत्र भएकाले कुनै पनि हालतमा राजमार्ग अवरोध गर्न नदिने चेतावनी दिए । अहिले चुरे भावरका कार्यकर्ता सो क्षेत्रमा तैनाथ छन् ।

मधेसी मोर्चाको काठमाडौंमा बसेको पछिल्लो बैठकले राजमार्ग अबरोध गर्ने निर्णय गरेको थियो ।

Chure (1) Chure (2) Chure (3)