२२ कार्तिक २०८३, आइतबार

‘सनातन हिन्दूराष्ट्रको स्थापना राप्रपा नेपालको उच्च प्राथमिकतामा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Thapaमुलुको वर्तमान राजनैतिक परिस्थितिको समिक्षा गर्दै पार्टीको भावि बैचारिक एवं रणनीतिक कार्यदिशा निर्धारण गर्न लागि रहेको अवस्थामा पार्टी स्थापनाकालका संघर्षका क्षणहरुलाई स्मरण गर्नु उपयोगि र प्रासांगिक पनि हुने छ । भारतको राजधानी नंयादिल्लीमा भारतीय शासक वर्गको प्रत्यक्ष सहयोग, संलग्नता र प्रायोजनमा दुई विपरित गन्तव्यमा हिंडेका तथा विपरित राजनैतिक दर्शन बोकेका शक्तिहरुका बिचमा भएको बाह्रबुंदे समझदारि अपवित्र रहेको तथ्य स्पष्ट छ ।

यसैबीच अनेकौे आरोह अवरोह पार गर्दै अन्ततः गत आश्विन ३ गते नेपालको संबिधान २०७२ जारि भएको छ । यो संबिधान जारि भए संगै शान्ति प्रक्रिया टुंगिएको छ र संक्रमणकाल समेत अन्त भएको छ । संबिधान जारि भए संगै मुलुक नंया चरणमा प्रवेश गरेको छ । यस अवस्थामा राष्ट्रिय राजनीतिमा फरक बैचारिक धार तथा अलग पहिचानका साथ क्रियाशील राप्रपा नेपालले वर्तमान घटनाक्रमलाई कसरी हेरेको छ, नंया संबिधान प्रति पार्टीको धारणा के रहेको छ, पार्टीले हाल सम्म अबलम्बन गर्दै आएको सिद्धान्तको अवस्था के हुने हो, पार्टी सरकारमा सहभागि हुनुको औचित्य र आधारहरु के हुन तथा पार्टीको भावि रणनीति तथा कार्यनीति कस्तो हुने हो भन्ने वारे राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा समेत कौतुहलताको विषय बनेको छ । पार्टीका कार्यकर्ताहरुमा समेत स्वभाविक जिज्ञासा र उत्सुकता रहेको छ । उपरोक्त कौतुहलतालाई यस राजनैतिक कार्यपत्र सम्बोधान गर्ने प्रयास गरेको छ ।

आफ्ना एजेण्डाहरु स्थापना हुने कुनै संभावना नभए पनि संबिधान निर्माणको अन्तिम प्रक्रिया सम्म सहभागि भएर हामीले प्रजातन्त्र र विधिको शासन प्रतिको निष्ठालाई कायम गरेका छौ । एक असल र जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरेका छौ । ठूलो बहुमत एकातिर हुंदा पनि आफ्नो मान्यताको रक्षाको पक्षमा उभिन सक्षम भएकोमा हामी संतोष र गर्वको अनुभव गर्दछौ । फरक बिचारहरु बिचको प्रतिस्पर्धा र पराजयलाई पनि सहज रुपमा स्विकार गर्ने आदर्श नै प्रजातन्त्रको सौन्दर्य हो भन्ने यथार्थलाई हामीले चरितार्थ पारेका छौ । जनताको सर्वोच्चता एवं प्रजातन्त्र प्रतिको हाम्रो प्रतिवद्धता सदैव अबिचलित रहनेछ ।

यस संबिधानले हाम्रा मुलभुत मान्यताहरुलाई सम्बोधन गर्न सकेको छैन । नंया संबिधानमा समेटिएका कतिपय अन्तर्वस्तुहरुले दीर्घकालिन रुपमा देशलाई कठिन अप्ठेरोमा पार्न सक्ने संभावना रहेको छ । परस्पर बाझिएका र बिरोधाभाषपुर्ण अवधारणाहरु संबिधानको अंग बनेका छन् । यो संबिधान कुनै निश्चित बैचारिक मान्यता र आदर्शको धरातलमा खडा भएको छैन तथा केहि दलहरुको परस्पर बिरोधि मान्यता र स्वार्थको भागवण्डाको दस्तावेज बन्न पुगेको छ । अपवित्र गठवन्धनको परिणाम भएको हुंदा यो संबिधानले बर्णशंकर चरित्र र प्रवृत्ति ग्रहण गर्न सक्ने खतरा समेत रहेको छ । तथापि संबिधान निर्माण सम्पन्न हुनुलाई राप्रपा नेपाल सकारात्मक रुपमा ग्रहण गर्दछ । संबिधान सर्वगुण सम्पन्न छ भन्ने आधारमा होईन । करिव १० वर्षको हिंसात्मक जनयुद्ध एवं ९ वर्षको संक्रमणकालको अन्त्यका लागि समेत संबिधान निर्माण हुनु नितान्त जरुरी छ भन्ने हाम्रो शुरु देखिको मान्यता होे । हिंसात्मक जनयुद्ध र ६२÷६३ को सडक संघर्ष पश्चात नंया नेपाल बनाउने नाममा अबलम्बन गरिएको त्रुटिपुर्ण मार्गचित्र एवं गलत नीतिको परिणामस्वरुप देशमा उत्पन्न अस्थिरता, अन्यौल र अराजकताको चक्रलाई अन्त गरि शान्ति र स्थिरतामा आधारित नंया अध्याय शुरु गर्नका निमित्त पनि संबिधान बन्नु पर्दछ भन्ने राप्रपा नेपालको धारणा रहेको हो । नंया अध्यायको प्रारम्भको लागि लामो र पिडादायि संक्रमणलाई तार्किक परिणतीमा पु¥याउनु जरुरी छ भन्ने हाम्रो अभिमत हो ।

नंया संबिधानलाई राप्रपा नेपालले आलोचनात्मक समर्थन गर्ने निर्णय गरेको छ । संबिधानका कतिपय अन्तरवस्तुहरु एवं संबिधान निर्माणको विधि र प्रक्रियामा समेत राप्रपा नेपालको गंभीर असहमती रहेको छ । राप्रपा नेपालले सनातन हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था, स्थानिय स्वायत्त शासन प्रणाली एवं उदार आर्थिक नीतिका वारे आफ्नो फरक मत राखेको तथ्य सर्वविदित छ । संबैधानिक एवं प्रजातान्त्रिक माध्यमबाट शान्तिपुर्ण ढंगले मुलुकको सामाजिक, आर्थिक र राजनैतिक रुपान्तरण संभव छ र त्यहि बाटो नै उपयुक्त हो भन्ने दृढ निश्चयका साथ खडा भएको पार्टी भएको हुँदा राप्रपा नेपाल नंया संबिधानलाई स्विकार गर्दछ, कतिपय अन्तर्वस्तुहरुमा अहिले पनि हाम्रो गंभीर मतभेद रहेको छ । हामी संबिधान मान्दछौ तर संबिधानका केही बिषयहरुमा हाम्रो फरक मत छ । फरक मत कायम राख्दै संबिधान र संबैधानिक व्यवस्थासंग सहकार्य गरेर हिडने राप्रपा नेपालको नीति रहने छ । वर्तमान संबिधानले पुर्ण बिचार स्वतन्त्रताको सुनिश्चितता, कुनै पनि अवस्थामा पार्टी प्रतिबन्धित नहुने अवस्था, आवधिक निर्वाचन र संबिधान संशोधनको सरल व्यवस्था गरेकोलाई राप्रपा नेपालले सकारत्मक रुपमा लिएको छ । संबिधानको यहि व्यवस्थाले राप्रपा नेपाललाई संबैधानिक रुपमा अघि बढन मार्ग प्रसस्त गरेको हो । संबिधानको परिधि भित्र रहि संबिधानले दिएको अधिकार प्रयोग गर्दै जनताको बिश्वास र अभिमतदारा आफ्ना मान्यतालाई स्थापित गर्ने नीति हाम्रो हिजो थियो र भोली पनि कायम रहने छ ।

विगत केहि वर्ष यता धर्मनिरपेक्षताको आडमा संगठित एवं योजनावद्ध रुपमा भैरहेको धर्म परिवर्तन नेपालको सांस्कृतिक पहिचान माथिको अतिक्रमण हो । वर्तमान संबिधानले समेत संगठित धर्म परिवर्तनलाई निषेध गर्नुका साथै त्यस्तो कार्य कानुनतः दण्डनिय हुने व्यवस्था गरेको छ । यसै वास्तविकतालाई दृष्टिगत गर्दै सर्वधम समभाव तथा पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्रको स्थापना एवं हिन्दुत्वको संरक्षण र सम्त्रद्र्धनको कार्यलाई राप्रपा नेपालले उच्च प्राथमिकता दिनेछ । धार्मिक सांस्कृतिक सदभाव र एकताको अभिबृद्धि, सनातन मान्यता भित्र रहेका विकृति र विसंगतिहरुको अन्त्य तथा स्वधर्म प्रतिको गौरव बढाउन पार्टीले जनचेतानामुलक अभियान संचालन गर्नेछ ।

बिचार र नेतृत्व सबल रहेता पनि हाम्रो संगठन तुलनात्मक रुपमा केही कमजोर रहेको छ । त्यसर्थ संगठन निर्माण कार्यलाई हामीले युद्धस्तरमा संचालन गर्नु पर्दछ । आगामि केही महिना भित्र देशको सम्पुर्ण गाबिस र नगरपालिकाका वडाहरु संगठन विस्तार गर्ने तथा सबै तहका कार्य समितिहरुलाई पुनर्गठन गर्ने कार्यलाई हामीले ईमान्दारिताका साथ सम्पन्न गर्नु पर्दछ । पार्टीलाई देशको अग्रणी राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न ूहरेक वडामा राप्रपा नेपाल र हरेक क्षेत्रमा राप्रपा नेपालू अभियानलाई नारामा मात्र होईन व्यवहारमा चरितार्थ गर्नु हाम्रो कर्तव्य हो । यहि संकल्पका साथ अघि बढौ । हाम्रो भविष्य उज्वल छ । धन्यवाद ।

(थापाले पार्टीको केन्द्रिय परिषदको बैठकमा प्रस्तुत गरेको राजनैतिक कार्यपत्रको सम्पादित अंश)