काठमाडौं। भारतको नाकाबन्दीका बेला चीनले नेपाललाई अर्काे सहयोगको घोषणा गरेको छ ।
चीनले १० हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराउने भएको छ । अनुदानको चुलो अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिने चीनले जानकारी दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले बताए ।
यो सहयोग चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक–प्राविधिक सहायताअन्तर्गत रहेको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया