६ कार्तिक २०८३, शुक्रबार

मधेस आन्दोलनमा प्रहरीकै आइजिपीको मौन समर्थन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

igp_upendra_k_aryalकाठमाडौं । विभिन्न मागसहित महिनौंदेखि तराईमा जारी आन्दोलनमा नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालको गोप्य समर्थन रहेको तथ्य फेला परेको छ । आजको आर्थिक दैनिकले यस्तो तथ्य फेला पारेको दाबी गर्दै अगाडि लेखेको छ – प्राप्त तस्बिरमा आइजिपी अर्याल गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष उपेन्द्र महतो र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालका सांसद वीरेन्द्रकुमार महतोको साथमा देखिएका छन् । स्रोतका अनुसार उल्लिखित तस्बिर गत वर्षको रक्षाबन्धनको अवसरमा खिचिएको हो । आइजीपी अर्याल महतो दाजुभाइकी बहिनी जुली महतोसँग राखी बाँध्ने गर्छन् ।

पछिल्लो केही महिनादेखि तराईमा जारी आन्दोलनको समर्थनमा अभिव्यक्ति दिएका गैरआवासीय संघ नेपालका पूर्वअध्यक्ष उपेन्द्र महतोका मित समेत रहेका आइजिपी अर्याल आफ्ना मितभाइ एवं हाल मधेस आन्दोलनमा प्रमुख भूमिकामा रहेको दल मधेसी जनअधिकार फोरम नेपालका सांसद् वीरेन्द्रकुमार महतोसँग अतिनिकट रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । पहाडीमुलका आइजिपी अर्याल तराईवासी हुन् । उनले आन्दोलनरत दलका सभासद् वीरेन्द्र महतो र उक्त आन्दोलनका समर्थक उपेन्द्र महतोको विशेष अनुरोधमा मध्य तराईमा कार्यरत सुरक्षा प्रमुखहरुलाई तराईमा जारी आन्दोलन राजनीतिक किसिमको रहेकाले सकेसम्म बल प्रयोग नगर्न गोप्य सर्कुलर गरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीतिक वार्ता राजनीतिक तहमा गर्ने र राजमार्गको अवरोध हटाउने काम गृह प्रशासनको भएको भन्दै आइजिपी अर्याललाई राजमार्ग खुलाउन निर्देशन दिए पनि उनले टेरेका छैनन् । एक सय जना प्रहरी भएको ठाउँमा ५० जना आन्दोलनकारीले वितण्डा मच्चाए पनि आइजिपीको निर्देशनको कारण प्रहरी आन्दोलनकारीबाट कुटाइ खाएर फर्कनुपरेको छ ।