काठमाडौं । नेपाल प्रहरी हेडक्वार्टर नक्सालमा निलो नम्बरप्लेटका गाडीको भिड बढ्न थालेपछि केही दिनअघि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले त्यसबारे चासो लिए ।
बुझ्दा विदेशी दूतावासका कर्मचारीहरु नियमित रुपमा एआईजी तथा डिआईजीहरु भेट्न आएको कुरा खुल्यो । सुरक्षा संगठनका व्यक्तिहरुलाई गृह मन्त्रालय तथा संगठन प्रमुखलाई जानकारी नै नदिई विदेशीहरुलाई त्यसरी भेट्न गरेको खुलेपछि उनले एउटा परिपत्र बनाउन लगाए – विदेशीहरुसँग भेट्दा तथा विदेशी संस्थाहरुसँग मिलेर काम गर्दा पहिला आइजिपीको अनुमति लिनू ।
८ जना एआइजी तथा ५ जना क्षेत्रीय प्रहरी प्रमुखलाई उनले उक्त परिपत्र पठाए । गृह मन्त्रालयले तीन वर्षअघि नै प्रहरी अधिकारीले मन्त्रालय तथा माथिल्ला अधिकारीको स्वीकृति लिएर मात्र विदेशी भेट्नुपर्ने आचारसंहिता नै बनाएको छ । त्यसैको आधारमा आइजिपी अर्यालले परिपत्र गरेका थिए । उनको परिपत्रपछि अहिले हंगामा भएको छ । दृष्टि साप्ताहिकले खबर लेखेको छ ।















प्रतिक्रिया