६ कार्तिक २०८३, शुक्रबार

ठूलो प्लेनमा भारतबाटै तीन लाख लिटर इन्धन ल्याइदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ethiopian-787drकाठमाडौं, ८ मंसिर । अफ्रिकी जहाज कम्पनी इथियोपियन एयरलायन्सले शुक्रबारदेखि दैनिक ३ लाख लिटर हवाई इन्धन (एटीएफ) भारतबाट ल्याउने पक्कापक्की भएको छ ।

इथियोपियाको सरकारी ध्वजावाहक विमानले नेपाल आयल निगमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डिपोलाई ईमेल पठाउँदै शुक्रबार बिहान पहिलो उडान गर्ने जानकारी दिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उक्त विमानलाई ग्लोबल टेन्डरबाट छानिएको पेट्रोलिम्याक्स नेपालले भाडामा लिई हवाई इन्धन ल्याउन लागेको हो ।

‘सबै प्रक्रिया करिब करिब सकियो, शुक्रबार बिहान पहिलो एटीएफ डेलिभरी दिँदै छौं’, पेट्रोलिम्याक्सका एक जना लगानीकर्ताले भने ।

उनले इथियोपियन एयरलायन्ससँग भएको कार्गो ढुवानी सम्झौताअनुसार नयाँ विमान बोइङ ७७७ लाई इथियोपियाबाट भारतमा ल्याइने बताउँदै भने, ‘हामीले त्यो विमानबाट भारतको कोलकाता, लखनउ र आवश्यक परे बंगलादेशको ढाकाबाट पनि हवाई इन्धन ल्याउने छौं ।’

उक्त विमानले एउटा उडानमा कम्तीमा पनि १ लाख लिटर हवाई इन्धन ल्याउने छ ।