डडेल्धुरा ७ मङ्सिर । उपप्रधानमन्त्री भीमबहादुर रावलले सम्पूर्ण नेपालीलाई एक जुट भएको हेर्न नचाहने तत्वले तराई–मधेसमा आन्दोलन गरिरहेको बताउनुभएको छ ।
यहाँ आज आइपुग्नुभएका नेकपा(एमाले)का उपाध्यक्ष रावलले पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै बहुजाति, बहुभाषी नेपालीलाई एकजुट भएको हेर्न नचाहने तत्वले अहिले नेपालको संविधानको विरोध गरिरहेको बातउनुभयो ।
नेपालको संविधान समानुपातिक समावेशी आधारमा निर्माण भएकाले संविधानको विरोध गर्नुको औचित्य नभएको रक्षामन्त्री रावलले बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घले पनि भारतले लगाएको अघोषित नाकाबन्दीको विरोध जनाइसकेको अवस्थामा नेपाल एक्लो नभई विश्व समुदाय नेपालको पक्षमा रहेको मन्त्री रावलको भनाइ थियो । रासस












प्रतिक्रिया