२२ कार्तिक २०८३, आइतबार

सप्तरीका सिडिओ काठमाडौं आए, नारायण भट्ट नयाँ सिडियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home_ministry_nepalकाठमाडौं, ७ मंसिर । सप्तरीमा भएको हिंसात्मक घटनापछि प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुर स्वच्छाले काठमाडौं सुरुवा भएका छन् । उनको सट्टामा गृहमन्त्रालयले सहसचिव नारायण भट्टलाई सप्तरीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)को जिम्मा दिएको छ ।

यसअघिका सिडिओ ठाकुरले स्वेच्छाले मन्त्रालयमा आउन चाहेकाले भट्टलाई नयाँ सिडिओको रुपमा सप्तरी पठाइएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।
शनिबार राति र आइतबार सप्तरीमा मधेसी मोर्चा सम्वद्ध आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ४ जनाको मृत्यु भएपछि सप्तरीका तत्कालीन सिडिओ ठाकुरले आफूले काम गर्न नसक्ने भन्दै काठमाडौं सरुवा मागेका थिए ।