२२ कार्तिक २०८३, आइतबार

सप्तरीमा नेपाली सेनाका जवानमाथि मधेसी मोर्चाको आक्रमण, प्रहरीले उद्दार गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

सप्तरी, ७ मंसिर । सप्तरीमा नेपाली सेनाका एक जवानमाथि मधेसी मोर्चाका कार्यकर्ताले निर्घात कुटपीत गरेका छन् ।

आइतबार चार जना आन्दोलनकारीको मृत्यु भएपछि निकै अराजक बनेका मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार दिउँसो राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गणका सिपाही बालकृष्ण गुप्तालाई लछारपछार गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरी प्रमुख एसपी भीम ढकालका अनुसार व्यारेकबाट सादा पोशाकमा सामान किन्न बजार निस्केका उनलाई मोर्चा कार्यकर्ताले कुटपिट गरी मोबाइल फोन पनि खोसेर लगेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले उनलाई प्रहरी भएको आशंकामा कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कुटपिटबाट सामान्य चोट लागेका उनलाई सुरक्षाकर्मीले उद्दार गरी व्यारेक पठाएका छन् । ब्यारेकमा उनको उपचार भइरहेको बताइएको छ ।