२९ आश्विन २०८३, बिहिबार

एमाले महाधिवेशनमा यस्तो–यस्तो पो देखियो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, १९ असार । नेकपा (एमाले) महाधिवेशन उद्घाटनस्थलमा पत्रकार, प्रतिनिधि र अतिथिबाहेक अरुलाई प्रवेशमा रोक लगाइएकामा आक्रोशित कार्यकर्ताको समूहले स्वागतद्वार र अधिवेशनका सामग्री तोडफोड गरेको छ ।

एमालेको नवांैँ राष्ट्रिय महाधिवेशन आजदेखि भृकुटीमण्डपमा प्रारम्भ भएको हो । महाधिवेशन व्यवस्थित तुल्याउन एमालेले उद्घाटन सत्रमा प्रतिनिधि, पत्रकार र पाहुनालाई समेत प्रवेश पासको व्यवस्था गरेको थियो ।
महाधिवेशनस्थलमा आफूहरुले पनि प्रवेश पाउनुपर्छ भन्ने माग राखेर उद्घाटन समारोहस्थल प्रदर्शनीमार्गमा केही कार्यकर्ताले महाधिवेशनका लागि बनाइएका प्रवेशद्वारसमेत तोडफोड गरेका थिए ।

एमालेमा रहेर लामो समयदेखि योगदान गरेको भए तापनि महाधिवेशनमा प्रवेश पाउन नपाएकामा खिन्नता व्यक्त गरेको प्रतिक्रिया कार्यकर्ताले दिइरहेका थिए । यस्तै हो भने आगामी दिनमा लेबीवापतको पैसा तिर्ने कि नतिर्ने भन्ने प्रश्न उब्जेको गुनासो उनीहरुको थियो ।

आक्रोशित कार्यकर्तालाई साम्य तुल्याउन खटिएका स्वयम्सेवकको प्रयास त्यतिखेर कमजोर साबित भएको थियो । आक्रोशित कार्यकर्ताले बाहिरबाट समारोहस्थल नजिक रड र ढुङ्गासमेत बर्साएका थिए ।

उता महाधिवेशनस्थल बन्दसत्र जस्तो ढङ्गबाट सञ्चालन भएको थियो । महाधिवेशन उद्घाटनस्थल पालका सामग्रीबाट निर्माण गरिएको हुनाले हावाको प्रवाह राम्ररी सञ्चालन हुन नसक्दा गर्मीको महसुस भएको थियो ।

महाधिवेशनस्थलमा अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली पुग्दा आआफ्ना पक्षकाले तालीको गड्गडहटबाट स्वागत गरेका थिए ।

महाधिवेशनको अध्यक्ष खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा दुई यन्त्र मानव (रोबोट) ले पुष्पवृष्टि गरेका थिए ।

सो अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासको झलकसमेत प्रस्तुत गरिएको थियो । महासचिव ईश्वर पोखरेल गरेको कार्यक्रम सञ्चालनमा नेता भीमबहादुर रावलले सहयोग पु¥याउनुभएको थियो ।

कार्यक्रम सञ्चालन आशा गरेअनुरुप प्रभावकारी हुन नसकेको महसुस गरिएको थियो । निम्तालु राजनीतिक दलका नेता स्वयमले उद्घोषकलाई आफ्नो पार्टीको नाम र हैसियतसमेत बताइरहेको स्पष्ट सुनिन्थ्यो ।

सुरक्षा हिसाबले उद्घाटनस्थलमा जान जाँचका लागि विद्युतीय प्रवेशद्वारको व्यवस्था गरिएको थियो । महाधिवेशनलाई ध्यानमा राखी शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा व्यवस्था कडा तुल्याएएको थियो ।

ठाउँ ठाउँमा एमालेको झन्डा र पार्टीका नेता पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहनको संयुक्त तस्बिर राखिएका थिए । महाधिवेशन उद्घाटनसत्रको कतिपय टेलिभिजन र एफएम रेडियोहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । महाधिवेशनका कारण प्रदर्शनी मार्गमा सवारी आवागमन बन्द गरिएको छ ।

महाधिवेशनमा छिमेकी मुलुकका विभिन्न पार्टीका पाहुना र कम्युनिस्ट पार्टीका नेताहरुले समेत सो अवसरमा सहभागिता जनाउनुभएको थियो ।

संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा नेताहरुले सम्मेलनमा शुभकामना व्यक्त गर्नुभयो ।

महाधिवेशनलाई व्यवस्थित तुल्याउन युवा नेता रुपनारायण श्रेष्ठको संयोजकत्वमा स्वयमसेवक दस्ता परिचान गरिएको थियो । महाधिवेशन उद्घाटनसत्रका बारेमा जनता र कार्यकर्ताले जस्ताको तस्तै जानकारी पाउन महाधिवेशनस्थल वरपर ठूलो पर्दामा प्रत्यक्षमा गर्ने तयारी भए पनि त्यो समयमा हुन नसक्दा कार्यकर्तालाई थप आक्रोशित तुल्याएको थियो । प्रहरीले आक्रोशित कार्यकर्तालाई सन्तुलित हुन ‘सुरक्षा साङ्लो’ खडा गरी रोकेका थिए । रासस