६ कार्तिक २०८३, शुक्रबार

भारतले आफ्ना जहाजबाट नेपालमा औषधि ल्याउन दिएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiकाठमाडौं, ७ मंसिर । लामो समयदेखि तराई मधेसमा भइरहेको आन्दोलन र सीमा नाकामा देखिएको अवरोधका कारण अत्यावश्यक औषधिको अभाव भएपछि नेपाल औषधि व्यवसायी संघको पहलमा तीनदिनदेखि एयर लिफ्टिङ गरेर औषधि भित्र्याउन थालिएको छ ।

भारतबाट औषधि एयर लिफ्टिङ गर्न भारतीय एयरलाइन्सहरुले नमानेका कारण नेपाल एयरलाइन्सले भारतको मुम्बइ र नयाँदिल्लीबाट थाइल्याण्ड पुर्याएर नेपाल ल्याएको छ ।

नेपालले यतिबेला भारतबाहेक थाइल्याण्ड, बंगलादेश र मलेसियाबाट पनि औषधि ल्याउन सुरु गरिसकेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।